मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Tuesday, 18 August, 2026
गणेश लम्साल विराटनगर
२o७९ फाल्गुण १७ बुधबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा पहिचानको नामकरण अस्वीकृत, एमालेकाे प्रस्तावमाथि छलफल जारी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १६:१९:oo

प्रदेश १ को प्रदेश सभा बैठक सुरु भएको छ। यससँगै प्रदेशको नामकरण प्रक्रिया अघि बढेको छ। 

एकीकृत समाजवादी र जसपाले प्रदेशको नाम किराँत लिम्बुवान सगरमाथा नामकरण गरी प्रस्ताव दर्ता गराएका थिए। 

उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख बाबुराम गौतमले जानकारी गराए। 

प्रदेश सभामा एमालेले दर्ता गराएको कोसी प्रदेशको प्रस्तावलाई छलफलका लागि स्वीकार गर्दै अगाडि बढाइएको छ। 

आज प्रदेश सभा बैठकमा नामकरणमाथि निर्णायक छलफल भइरहेको छ। एमालेको प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रले सहमति जनाइसकेका छन्।