Skip This
गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली सुरु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o७९ फाल्गुण १७ बुधबार १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली सुरु 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १४:१२:oo

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली सुरु भएको छ। अस्पताल परिसरभित्र बुधबार एक कार्यक्रम उद्घाटन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले टोकन प्रणाली सुरु गरेका हुन् । 

अस्पताल आउने सेवाग्राहीको व्यवस्थापन गर्न टोकन प्रणाली सुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रकाश साहले जानकारी दिए। ‘ओपिडीसहित सबै ठाउँमा चिकित्सकलाई देखाउन पुर्जी काट्नेको भिडभाड हुने गरेको थियो,’ डा. साहले भने, ‘टोकन प्रणाली लागू भएपछि अस्पताल आउने सेवाग्राहीलाई अब घन्टाैँसम्म लाइनमा बसेर सास्ती हुनेछैन।’

लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउन टोकन प्रणाली लागू गराएको जानकारी दिँदै मेसु साहले सबै ठाउँमा टोकन प्रणाली लागू गरिएको जानकारी दिए। 

टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीसमेत सहजीकरणमा खटिने उनले बताए। गजेन्द्रनारायण अस्पतालमा दैनिक पाँच सयदेखि आठ  सयजना सेवाग्राहीले ओपिडीमा सेवा लिने गरेको अस्पतालले जनाएको छ।