१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १६ मंगलबार १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी सरुवा मापदण्ड तर्जुमा गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १७:१९:oo

काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको सरुवासम्बन्धी मापदण्ड तर्जुमा गरिने भएको छ। मंगलबार सुशासन समितिका संयोजक ख्यामराज तिवारीको अध्यक्षतामा बसेको बैठकले सरुवासम्बन्धी मापदण्ड तर्जुमा गर्ने निर्णय गरेको हो।

काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा, सर्त तथा सुविधा व्यवस्थापन गर्न बनेको ऐन २०७७ को दफा ११४ र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड तयार पार्ने र स्वीकृतिका लागि कार्यपालिकामा लैजाने बैठकले निर्णय गरेको छ।

‘कर्मचारीहरूको कार्य क्षेत्रगत अनुभव र व्यक्तिगत कार्य क्षमता विकास गर्न सरुवा मापदण्ड आवश्यक देखिएको छ,’ संयोजक तिवारी भन्छन्, ‘यसबाट कर्मचारीको सरुवा न्यायपूर्ण र व्यवस्थित हुन्छ। मनोबल उच्च हुन्छ।’

नियुक्त हुँदाको सेवा, समूह, योग्यता, दक्षता तथा साबिक पदमा बसेर काम गर्दाको कार्य सम्पादनलाई सरुवाको मापदण्ड बनाउनुपर्ने बैठकमा सुझाव प्राप्त भएको छ। कार्यसम्पादन प्रक्रियामा गुनासो आएमा २ वर्षको अवधि पूरा नभए पनि सरुवा गर्न सकिने विषय बैठकमा महत्वका साथ उठेको थियो। 

सरुवा गर्ने समय, रवाना लिने, हाजिर हुने, कार्य विवरण पठाउने, अन्यत्र कार्यालयबाट सरुवा भएर आएका कर्मचारीहरूको व्यवस्थापनलगायत विषय मापदण्डमा समेटिनेछन्। बैठकमा समितिका सदस्यहरू भाइराम खड्गी, सरोज ढकाल, विभागीय प्रमुख दीपक अधिकारी, महाशाखा प्रमुखहरू गंगाधर गौतम र सरिता राई सहभागी थिए।