१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गगन अयडी बाजुरा
२०७९ फाल्गुण १६ मंगलबार १६:०२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बाजुरामा बडिमालिकाले जित्यो राष्ट्रपति रनिङ सिल्डको उपाधि

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ फाल्गुण १६ मंगलबार १६:०२:००

बाजुरामा १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि बडिमालिका नगरपालिकाले जितेको छ । प्रतियोगितामा सबैभन्दा बढी २३ स्वर्णसहित शीर्ष स्थानमा रहँदै बडिमालिकाले उपाधि हात पारेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जानकी बुढाले बताइन् ।

प्रतियोगितामा स्वामी कार्तिक खापर गाउँपालिकाबाहेक जिल्लाका अन्य आठ पालिकाले भाग लिएका थिए । प्रतियोगितामा त्रिवेणी नगरपालिका दोस्रो, बुढीनन्दा नगरपालिका तेस्रो र खप्तड छेडेदह गाउँपालिका चौथो भए ।

सुरुका दुई दिन शीर्ष स्थानमा रहेको त्रिवेणी गाउँपालिकाले अन्तिम दिन दुई फाइनल खेल गुमाएपछि दोस्रो स्थानमा सीमित भएको हो । दशरथ माविको खेलमैदानमा आयोजित प्रतियोगिताको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले उद्घाटन गरेका थिए ।