Skip This
हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तत्काल एक लाख दिने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तत्काल एक लाख दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o९:oo

बागमती प्रदेश सरकारले केही दिनअघि हात्तीको आक्रमणबाट ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुरका दुई र सिन्धुलीका एकजनाको परिवारलाई राहतस्वरूप तत्काल एक–एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाले चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीको आक्रमणबाट फागुन ८ गते सोमबार मनहरी गाउँपालिका– ४ की राधा अधिकारी, १२ गते बकैया गाउँपालिका– ५ का सन्तलाल माझी र १३ गते सिन्धुलीको कमलामाई नगरपालिका– १३ का दण्डपाणि पौडेलको मृत्यु भएको जानकारी दिए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिसँगै हात्तीको आक्रमणबाट भएको भौतिक क्षतिको विवरण संकलन गरेर आवश्यक सम्बोधन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक विमल पोखरेलले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता थपलियाले जानकारी दिए। यस्तै, बैठकले कृषि मन्त्रालयमार्फत स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शीर्षकमा तीन करोड रुपैयाँ बजेट पठाउने निर्णय गरेको पनि प्रवक्ता थपलियाले बताए।