Skip This
एससिटी चल्ने एटिएममा डिस्कभर–डाइनर्स तथा रुपेकार्ड पनि चल्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १६ मंगलबार १२:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एससिटी चल्ने एटिएममा डिस्कभर–डाइनर्स तथा रुपेकार्ड पनि चल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १२:१३:oo

डिस्कभर फाइनान्सियल सर्भिस, डाइनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपिसिआईअन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरू एससिटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटिएमहरूमा चल्ने भएका छन् । यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)द्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरू एससिटी नेटवर्कअन्तर्गतका एटिएमहरूमा प्रयोग गर्न सकिने भएको हो । 

यसका साथै डाइनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकलाई पनि एटिएममार्फत कारोबार गर्नलाई सहज र सरल हुने स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)ले जनाएको छ । यो सुविधा छिट्टै नै एनएमबि बैंक र अन्य बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका एटिएमहरूमा पनि विस्तार गर्ने योजना राखिएको कम्पनीको भनाइ छ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपेकार्ड भारतमा कार्यरत नेपाली तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकलाई नेपालमा चलाउन समस्या पर्ने गरेकोमा यो सुविधासँगै रुपेकार्ड प्रयोगकर्तालाई निकै सहज हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।