१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण १५ सोमबार १८:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विचार मिल्नेसँग पार्टी एकता हुन्छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार १८:o८:oo

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारमा आलोपालोको विषय आइरहने बताएका छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा सुर्खेत आएका माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने भन्ने विषयमा पत्रकारले सोधेको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन्।

‘आलोपालोको कुरा बाहिर आउन दिनुस्। अहिले प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ,’ उनले भने। आफूले कसैप्रति कुनै पूर्वाग्रह नराख्ने बताउँदै नेपालले विचार मिल्नेसँग एकता हुने प्रस्ट पारे। उनले भने, ‘विचार मिल्नेसँग एकता हुन्छ,’ उनले भने, ‘कार्यशैली, विचार, सिद्धान्त, मन पनि मिल्छ, पार्टी एकता हुन्छ। हाम्रो पार्टी कुनै हालतमा पनि विलय हुँदैन।’

राष्ट्रपति निर्वाचन सत्ता लुछाचुँडी नभएको भन्दै उनले यसलाई प्रतिस्पर्धाका रूपमा बुझ्नुपर्ने धारणा राखे। ‘राष्ट्रपतिको निर्वाचन भनेको प्रतिस्पर्धा हो। यो  कुनै सत्ताको लुछाचुँडी होइन,’ अध्यक्ष नेपालले भने।