मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण १५ सोमबार १३:१८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मुसिकोटले जित्यो राष्ट्रपति रनिङ सिल्ड 

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १५ सोमबार १३:१८:००

गुल्मीको तम्घासस्थित चिदीचौर खेलमैदानमा चार दिनसम्म सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड मुसिकोट नगरपालिकाले जितेको छ। 

मुसिकोटले २२ स्वर्ण, १६ रजत र १२ कांस्य प्राप्त गर्दै १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए। 

त्यस्तै, दोस्रो हुने इस्मा गाउँपालिकाले नौ स्वर्ण, चार रजत र तीन कांस्य प्राप्त गरेको छ। प्रतियोगितामा तृतीय हुने मदाने गाउँपालिकाले तीन स्वर्ण, पाँच रजत र पाँच कास्य प्राप्त गरेको विश्वकर्माले बताए। 

प्रतियोगितामा १२ वटै पालिकाका एक हजार चार सयभन्दा बढी खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगिता विभिन्न ६ विधामा भएको थियो।