१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ०९:०८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ०९:०८:००

काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको महानगरले जनाएको छ । 

वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार कुहिने फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहोरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । यसका लागि महानगरले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ । ‘छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौँ,’ उनले भने । उक्त परियोजनाका लागि युरोपियन युनियनले चार करोड ६० लाख र महानगरले एक करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए ।

एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहोर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाका साथै १४ किलोवाट बिजुली र १३ हजार पाँच सय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ । ०७० देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा ०७४ देखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो ।