Skip This
त्रिभुवन विमानस्थलमा ‘एन्टिह्याकिङ इन्टिग्रेटेड’ अभ्यास
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १५ सोमबार o८:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिभुवन विमानस्थलमा ‘एन्टिह्याकिङ इन्टिग्रेटेड’ अभ्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार o८:३o:oo

नेपाली सेनाको युद्धभैरव गणको फौजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा ‘एन्टिह्याकिङ इन्टिग्रेटेड’ अभ्यास गरेको छ । विमानस्थल आपत्कालीन कार्ययोजनाअनुसार ‘विमानको गैरकानुनी कब्जा सूचना–४’ अन्तर्गत आर्मीको स्पेसल फोर्सले आइतबार उक्त अभ्यास गरेको हो ।

सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ नेपाली सेना र सरोकारवाला निकायहरूबीच आ–आफ्नो भूमिकामा परिचालन हुन विमानस्थल आपत्कालीन कार्ययोजनामा आधारित रहेर अभ्यास सञ्चालन भएको आर्मी सचिवालयले जनाएको छ । अभ्यासका क्रममा जहाज अवतरणदेखि सम्पूर्ण जिम्मेवार निकायहरूसँग समन्वयका साथै अपहरण वा अवाञ्छित तत्वले विमान नियन्त्रणमा लिएको अवस्थामा सशस्त्र हस्तक्षेप र बन्धकको उद्धारलगायतका गतिविधि समावेश गरिएको थियो ।

अभ्यासमा सेनाका विभिन्न युनिटहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगमलगायतका सरोकारवाला निकायहरूको समन्वय र सहभागिता रहेको थियो ।