१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ फाल्गुण १५ सोमबार ०८:१३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भद्रपुर–झापा गोल्डकप : मच्छिन्द्र फाइनलमा

खेलको १७औँ मिनेटमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले विदेशी खेलाडी नियाको पासमा एक मात्र गोल गरे

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १५ सोमबार ०८:१३:००

त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबीच प्रथम भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको आइतबार भएको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्बलविरुद्ध १–० को कठिन जित निकाल्दै मच्छिन्द्रले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रको जितका लागि एक मात्र गोल कप्तान सुजल श्रेष्ठले गरेका थिए । उनले खेलको १७औँ मिनेटमा उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई उपाधिनजिक पुर्‍याएका हुन् ।

मच्छिन्द्रका खेलाडी आन्द्रेस नियाले डिबक्सनजिकैबाट दिएको पासमा सुजलले दोस्रो बारमा गोल गरेका हुन् । लगातार दुईपटकको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रका खेलाडीले दर्शकको अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेनन् । मोफसलमा लगातार प्रतियोगिता भइरहेका कारण खेलाडी थकानमा देखिन्थे । एपिएफको मार्किङमा रहेका कारण मच्छिन्द्रका स्ट्राइकर विमल घर्तीमगर चल्न सकेनन् । 

लगातारको खेलले खेलाडी थकित
खेलमा मच्छिन्द्रका कप्तान सुजल म्यान अफ दी म्याच हुँदै २० हजार रुपैयाँ जिते । मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले लगातार प्रतियोगिता भइरहँदा खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको बताए । उनले विमल घर्तीमगरले अपेक्षा गरेजति खेल्न नसकेको स्वीकार गरे । यद्यपि, फाइनलमा विमल लयमा फर्कने र उनकै गोलले मच्छिन्द्र च्याम्पियन हुने कटवालको विश्वास छ ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आफूहरूको पहिलो प्राथमिकता ए डिभिजन लिग रहेको बताए । आर्मीले यो सिजनमा कुनै पनि प्रतियोगिताको उपाधि हात पार्न सकेको छैन भने मच्छिन्द्र भर्खरै सम्पन्न राजर्षि जनकको च्यम्पियन हो । नाम चलेका खेलाडीविनै मैदानमा उत्रिएको आर्मीलाई लिग च्याम्पियन मच्छिन्द्रको सामना निकै कठिन देखिन्छ ।