Skip This
संघले ठेक्का लगाएको सडकमा ग्राभेल हाल्दै राजविराज नगर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
सप्तरीको राजविराज नगरपालिका– १५ मा पर्ने भरुवा–झल्ही फर्सेठ सडकखण्ड । तस्बिर : नयाँ पत्रिका
सौरभ यादव सप्तरी
Invalid date format o९:१२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संघले ठेक्का लगाएको सडकमा ग्राभेल हाल्दै राजविराज नगर

सडक बोर्डको ४५ लाख सिध्याउन उपभोक्ता समिति गठन

Read Time : > 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
Invalid date format o९:१२:oo

भरुवा–झल्ही फर्सेठ सडकखण्ड निर्माण गर्न ठेक्का लागिसकेको सडकमा राजविराज नगरपालिकाले रातारात उपभोक्ता समिति गठन गरेर बजेट दुरुपयोग गरेको पाइएको छ । विरौलदेखि डुमरी–भरुवा–झल्ही फर्सेठ–सिगियौंन–तिलाठी–चट्टी टोल–लोखरम–लालापट्टी सडक १६ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न ०७८ चैतमै संघीय सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको हो । 

कुल ५४ करोड ८९ लाख ५६ हजार तीन सय ७६ रुपैयाँ ३८ पैसा बजेट रहेको सडक निर्माण गर्ने जिम्मा रमण जेएस आइभी कन्स्ट्रक्सनले ३१ करोड ३८ लाख ८७ हजार एक सय १८ रुपैयाँ ५६ पैसामा सडक निर्माणको ठेक्का लिएको छ । ८ दशमलव ५ मिटर चौडाइमा निर्माण गरिने सडकमा ५ दशमलव ५ मिटर कालोपत्रे गरिने सम्झौतामा उल्लेख छ । ठेकेदार कम्पनीले सडक निर्माण कार्य पनि सुरु गरिसकेको छ  । तर, राजविराज नगरपालिकाले सडक बोर्डको ४५ लाख बजेट सिध्याउन अहिले सडकमा ग्राभेलको काम गरिरहेको छ । हाल सडक मर्मत भइरहेको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको निर्माण कम्पनीको भनाइ छ । 

नयाँ पत्रिकालाई प्राप्त जानकारीअनुसार सडक बोर्डको ‘वडा नम्बर १५ स्थित भरुवाचोक हुँदै फर्सेठ सडक मर्मत–सम्भार’ कार्यका लागि छुट्याइएको ४५ लाख रुपैयाँको लागतमा संघीय सरकारले ठेक्का लगाएको सडकको मर्मत–कार्य भइरहेको छ । मर्मत कार्य चालू आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने भएकाले रातारात उपभोक्ता समिति गठन गरेर बजेट खर्च गर्न लागिएको छ । गत १८ चैतमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय सरकारका तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुुकुमारी यादव, मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सांसद मनीषकुमार सुुमनलगायतका नेताहरूले पक्की सडक योजनाको शिलान्यास गरेका थिए ।

उपभोक्ता समितिले रातारात काम गरेको स्थानीय बबितादेवी यादवले बताइन् । ‘मध्यरातमा मनोज यादवले ट्र्याक्टर लगाएर सडक कोरेर सबै माटो माथि ल्यायो,’ उनले भनिन्, ‘अलि–अलि ग्राभेल हालिएको छ । यसअघि नै सडक राम्रो थियो, बजेट पचाउन ग्राभेल हालिएको छ ।’

टेन्डर प्रक्रिया पूरा भई ठेकेदार कम्पनीले काम सुरु गर्ने तयारी गरिरहेकै वेला सडकमा ठेकेदार कम्पनीलाई कुनै जानकारी नदिई केही व्यक्ति उपभोक्ता समितिमार्फत बजेट सिध्याउने खेलमा लागेका स्थानीय सञ्जीव यादवले बताए । ‘त्यसको छानबिन हुनुपर्छ योजनाको निर्माण सुरु गर्नुअघि नै निर्माणस्थलमा होर्डिङ बोर्ड (निर्माणाधीन योजनाको विस्तृत विवरणसहितको पार्टी) राख्नुपर्ने कानुनी प्रावधान छ । तर, ग्राभेलको काम थालिए पनि सो स्थानमा होर्डिङ बोर्ड भने राखिएको छैन,’ उनले भने, ‘बजेट सिध्याउन ग्राभेलको काम भइरहेको स्पष्ट देखिन्छ, सर्वसाधारणलाई अन्योलमा राख्न होर्डिङ बोर्डसम्म नराखी हतारहतार कार्य भइरहेको छ ।’

राजविराज नगरपालिका– १५ का वडाध्यक्ष ओम साहले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘मलाई कुनै जानकारी छैन,’ उनले भने, ‘राजविराज नगरपालिकाका योजना प्रमुख मनोज यादवले आफ्नो अनुकूल काम गराए पनि वडालाई कुनै जानकारी दिएको छैन ।’ राजविराज नगरपालिका प्राविधिक अशोककुमार दासले संघीय सरकारको ठेक्काबारे आफूलाई कुनै जानकारी नभएको बताए ।