१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

७ महिनामा तुलसीपुरको पुँजीगत खर्च २२ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

दाङको तुलसीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्षको ७ महिनामा करिब २२ प्रतिशत पुँजीगत खर्च गरेको छ। चालू आर्थिक वर्ष ०७९/८० मा पुँजीगततर्फ ५७ करोड ९९ लाख ८९ हजार ६८२ रुपैयाँ बजेट विनियोजन गरिएकोमा २१.८४ प्रतिशत मात्रै खर्च भएको हो।

उपमहानगरपालिकाका प्रवक्ता माधव वलीका अनुसार चालू आवमा १२ करोड ६७ लाख २७ हजार ३७१ रुपैयाँ मात्रै खर्च भएको छ। यो साउनदेखि माघ महिनाभरि भएको विकासे बजेट खर्च हो। चालू आवको ६ महिनामा ५० प्रतिशत खर्च गर्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन। जसले गर्दा विकास निर्माणका काम न्यून हुने गरेका छन्।

चाडपर्व तथा संघ र प्रदेशको निर्वाचनले गर्दा विकासे बजेट खर्च न्यून भएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता वलीले बताए। ‘बीचमा चाडबाड पनि परे, निर्वाचन पनि भयो,’ उनले भने, ‘त्यसले गर्दा विकासे बजेट खर्चको अवस्था न्यून भएको हो।’

पुस महिनादेखि मात्रै पुँजीगत खर्च बढेको उनको भनाइ छ। अब फागुनदेखि तीव्रगतिमा विकासे बजेट खर्च हुने प्रवक्ता वलीको दाबी छ। उपभोक्ता समितिका पदाधिकारीहरू पनि चैतमा फुर्सदमा हुने तथा बालीनाली भित्र्याएपछि नयाँ ट्रयाक खोल्नेजस्ता कार्य हुने भएकाले पनि पुँजीगत खर्च केही ढिला आउने गरेको उनको तर्क छ।