Skip This
बुढीगंगा नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Tuesday, 13 May, 2025
गगन अयडी बाजुरा
२o७९ फाल्गुण १३ शनिबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुढीगंगा नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार १७:o७:oo

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका– १ अम्कोटको मललाती बस्तीका बालबालिकामा दादुराको लक्षण देखिएको छ। गत बुधबार स्थानीय धुरालसैन आधारभू्त स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका सात बालबालिकामा दादुराका जस्ता लक्षणहरू देखिएको अनमी बिन्दु बिष्टले जानकारी दिइन्।

चेकजाँच गर्दा सबैमा एकैखाले लक्षण तथा चिह्न देखिएको छ। बालबालिकामा १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने, शरीरभरि बिमिरा देखिने, खोकी लाग्ने, नाकबाट सिँगान बग्नेजस्ता लक्षण देखापरेको स्वास्थ्य केन्द्रले जनाएको छ।

गाउँमा अन्य बाललिकामा समेत यस्ता लक्षण देखिएको स्थानीय बैसाखी नेपालीले बताइन्। उनले भनिन्, ‘२० परिवार रहेको दलित बस्तीका १५ भन्दा बढी बालबालिकामा यस्ता लक्षण देखिएको छ।’ आफ्नी १० वर्षीया नातिनी निशामा पनि यस्ता लक्षण देखिएको उनले सुनाइन्। बालिका १३ दिनदेखि बिरामी छिन्।

बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहका अनुसार दादुराजस्तो रोग फेला परेको छ। बिहीबार नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली बालबालिकाको चेकजाँचका लागि उक्त बस्तीमा पुगेको थियो। रोग पहिचानका लागि धनगढी प्रयोगशाला पठाइएको शाहले बताए। 

‘१० बालबालिकामा चेकजाँच गर्दा तीनजनाले दादुराको खोप नलगाएको भेटियो। त्यसैले पनि दादुरा हुन सक्ने सम्भावना बढी छ,’ उनले भने। रिपोर्ट नआएसम्म यो कुन रोग हो यकिन गर्न नसकिने बुढीगंगा नगरपालिकाले जनाएको छ। थप संक्रमण फैलन नदिन समुदायस्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले बताए।