१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण १३ शनिबार १३:४७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशमा पनि राप्रपाका मन्त्रीहरुले राजीनामा दिने

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १३ शनिबार १३:४७:००

बामगती प्रदेशमा पनि राप्रपाबाट मन्त्री बनेकाहरुले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन् । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै यसको असर प्रदेशमा समेत देखा परेको हो ।

राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री उद्धव थापाले राजीनामाको तयारी भइरहेको जानकारी दिए । ‘हामीले राजीनामाको मनस्थिति बनाइसकेका छौं । राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनाम बुझाउँदै छौं,’ मन्त्री थापाले भने ।

उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग २ बजेपछिको समय माग गरेको जानकारी दिए । राप्रपाबाट प्रदेश सरकारमा संसदीय दलका नेता थापासँगै डम्बरबहादुर तामाङ पर्यटन उद्योग तथा शहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री रहेका छन् ।