१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १३ शनिबार १३:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले दबाब आयो भन्नुभएको छ, एमाले उम्मेदवारलाई भोट हाल्नुहुन्छ : केपी ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १३ शनिबार १३:०७:००

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको बताएका उल्लेख गर्दै ओलीले पुस १० को सम्झौताअनुसार नै माओवादीले एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए ।

‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो प¥यो मलाई के के प¥यो दबाब प¥यो भनिरहनुभएको छ । तर, उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ ?’