१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:४१:oo

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्ने स्वीकृति दिएको छ।फागुन ११ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। 

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको जानकारी दिइन्। 

उनले ०७९ चैत १३ देखि १६ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने १०औँ एसिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताइन्।
 
सरकारले ०७९ चैत १ देखि १४ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने प्रमोटिङ डिसन्ट इम्प्लोयमेन्ट फर वुमेन थ्रोउज इन्क्लुसिभ ग्रोथ पोलिसेस एन्ड इन्भेस्टमेन्ट इन द केयर इकोनोमी विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाललाई स्वीकृति दिने, विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, चालू आर्थिक वर्ष ०७९-०८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ रुपैयाँ निर्धारण गर्ने, मध्यस्थता विवाद चलिरहेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णयउपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्यान्डस्थित नेपाली राजदूतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानुनी प्रतिरक्षासम्बन्धी आवश्यक कामकाज गर्ने, बहराइनस्थित इशा अवार्ड ट्रस्टले प्रदान गरेको इशा अवार्ड फर सर्भिस टु ह्युमानिटी अवार्ड डा. सन्दुक रुइतलाई ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै, सरकारले ०७९-११-१७ गते सुडानमा हुने फर्म्ड पुलिस युनिट (एफपियू)को मेडल परेड कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने, दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने, ०७९ फागुन २९ गतेदेखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसिप स्टडी भिजिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने, संघीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय भएको छ।

त्यस्तै, सरकारले ०७९ फागुन २३ देखि २५ सम्म जर्मनीको बर्लिन सहरमा आयोजना हुने इन्टरनेसनल टुरिजम बोर्स (आइटिबी) बर्लिन २०२३ पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सहभागी हुन स्वीकृति दिने, राष्ट्रिय तथ्यांक कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा नाम सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। 

प्रवक्ता शर्माले सरकारले लोकसेवा आयोगको सिफारिसबमोजिम स्वास्थ्य सेवाको एघारौँ तहमा दुईजनालाई नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको पनि बताइन्। 
 

ad
ad