१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण १२ शुक्रबार ०६:१५:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति निर्वाचन : मतदाता नामावली सच्याउन पाँच सांसदले दिए निवेदन

आज निर्णयसहित अन्तिम नामावली प्रकाशन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण १२ शुक्रबार ०६:१५:००

राष्ट्रपति निर्वाचनको मतदाता नामावली संशोधनका लागि पाँचवटा निवेदन परेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार प्रकाशित गरेको मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँचजना सांसदले निवेदन दिएका हुन् । 

सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार बुधबार ११ बजेदेखि बिहीबार १२ बजेसम्म दिइएको दाबी विरोधको उजुरीको समयसीमाभित्र एकजनाले नाम समावेश गर्न र चारजनाले नाम सच्याउन दरखास्त दिएका छन् ।  

आगजनी मुद्दामा ६ महिना कैद भई निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदन दिएका छन् । राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।  

प्रतिनिधिसभाका दुई, राष्ट्रिय सभाका एक र प्रदेश  सभाका एक सदस्यले नाममा फरक परेको भन्दै सच्याएर सूची संशोधन गर्न निवेदन दिएका छन् । सरस्वती खड्का, दुर्गा गुरुङ, सञ्जुकुमारी चौधरी र संगीता मण्डल धानुकले निवेदन दिएका हुन् । 

यी निवेदनहरूमा निर्णय गरेर आज अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत शर्माले बताइन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो ३ बजे अन्तिम नामावली प्रकाशन गर्दै छ । 

२५ फागुनमा हुने निर्वाचनमा प्रतिनिधिसभाका २७३ (टेकबहादुर गुरुङ निलम्बन र रवि लामिछाने पद रिक्त), राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् । संघीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार रहेको छ । राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन १० देखि ३ बजेसम्म तोकिएको छ ।