मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण ११ बिहीबार १८:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली र भारतीय राजदूतबीच एक घण्टा भेटवार्ता

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ११ बिहीबार १८:१५:००

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

बिहीबार बालकोटस्थित ओलीनिवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ। करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो राखेका बताइएको छ।