Skip This
राताम्मे सेयर बजार, लघुवित्तमा पहिरो 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राताम्मे सेयर बजार, लघुवित्तमा पहिरो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

हप्ताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा पहिरो गएको छ। आज सेयर बजार परिसूचक नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२.६४ विन्दुमा झरेको छ।

आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएको छ। त्यसमा पनि लघुवित्त समूहको सेयर चार सय १२ अंकले घटेको छ। 

यस दिन ३७ वटा लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ भने आठवटा लघुवित्त कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ।

पछिल्लो समयदेखि लघुवित्तका कारण नागरिक समस्यामा परेका समाचार बाहिरिएसँगै यो समूहको सेयरमा पहिरो गएको हो। हिजो मात्रै राष्ट्र बैंकले लघुवित्तको नियमनमा थप कडाइ गर्ने निर्णय गरेको छ। त्यसको असरले पनि यो समूहको सेयर उच्च अंकले ओरालो लागेको हो। 

सेयर बजार घटे पनि कारोबार रकममा भने हिजोको तुलनामा केही वृद्धि भएको छ। आज दुई सय ६० वटा कम्पनीका ६३ लाख २६ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५२ करोड रुपैयाँ कारोबार भएको छ।

आज सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको आठ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ।  समग्रमा बजार घटे पनि आज नेपाल हाइड्रो डेभलपर्स कम्पनी र साम्लिङ पावर कम्पनीको सेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ।