Skip This
‘दोस्रो भक्तपुर कप’को सेमिफाइनलका खेलहरू हुँदै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘दोस्रो भक्तपुर कप’को सेमिफाइनलका खेलहरू हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

भक्तपुर युवा टिमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप– २०७९ को क्वार्टरफाइनलका सम्पूर्ण खेलहरू बुधबार सम्पन्न भएका छन्। 

क्वार्टरफाइनल खेलको बुधबार भएको बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३–० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ।

खेलबाट द हेलिङ होम एफसीका देवराज तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने बनेपा ब्वाइजका सहिल केसी उदयीमान खेलाडी घोषित भए।

त्यस्तै, बुधबार नै सम्पन्न सिओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेटले सिओबी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ। 

खेलबाट गोदावरी युनाइटेडका क्याप्टेन अरुण लामा उत्कृष्ट खेलाडी घोषित भए भने सिओबी युथ क्लबका मदन पौडेल उदीयमान खेलाडी घोषित भए।

दोस्रो भक्तपुर कप– २०७९ का दुवै सेमिफाइनलका खेल बिहीबार खेलाइनेछ। पहिलो खेल आयोजक भक्तपुर युवा टिमका विरुद्ध द हेलिङ होम एफसी बिहान ९ः३० बजे र दोस्रो खेल केदारनाथ सुटर्सविरूद्ध गोदावरी युनाइटेडबीच दिउँसो १ः०० बजे हुने म्याच कमिसनर अनिल सुकुपायोले जानकारी दिए।