१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण ११ बिहीबार ११:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन लाइफले दियो सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ११ बिहीबार ११:५५:००

 सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको छ । कम्पनीले फागुन १ देखि ९ गतेसम्म प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीका लागि उक्त तालिम आयोजना गरेको हो । 

काठमाडौं उपत्यकाबाहिरका बर्दिवास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, विराटचोक, बिर्तामोडलगायतका विभिन्न स्थानमा कम्पनीसँग आबद्ध अभिकर्ता एवं सम्पूर्ण कर्मचारीको सहभागितामा तालिम सञ्चालन गरिएकोे कम्पनीले जनाएको छ । कम्पनीको व्यवस्थापन समूहसमेतको उपस्थिति रही सम्पूर्ण कर्मचारीलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुरबहादुर भुजेलले प्रदान गरेको जनाइएको छ ।

उक्त तालिममा गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बिमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रिया के–के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको कम्पनीले जनाएको छ । 

काठमाडौं उपत्यकाबाहिरका स्थानहरूमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले तालिम दिएको जनाइएको छ । उनले तालिमको महत्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामका बारेमा जानकारी दिएको कम्पनीले जनाएको छ । यसप्रकारको कार्यक्रम देशभरि क्रमशः विस्तार गरिने उनको भनाइ थियो ।