Skip This
प्रहरीको सुरक्षामा लग्दै गरेको ९ लाख लुटियो !
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीको सुरक्षामा लग्दै गरेको ९ लाख लुटियो !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o२:oo

सिराहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा एक मनी ट्रान्सफरका कर्मचारीबाट अज्ञात लुटेराहरूले ९ लाख रुपैयाँ लुटपाट गरेको छ।

प्रहरीको सुरक्षामा मिर्चैयाबाट रुपैयाँ लिएर कल्याणपुर जाँदै गर्दा लुटेराहरूले मनी ट्रान्सफरका कर्मचारीबाट ९ लाख रुपैयाँ लुटेको छ। 

मिर्चैया नगरपालिका–३ मिर्चैया–कल्याणपुर सडक खण्डको बतहा पुलनजिकैबाट लुटेराहरूले ९ लाख नगद लुटेर फरार भएका छन्।

प्रहरीको सुरक्षामा राजाराम सब मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी ९ लाख रुपैयाँ लिएर ज. ६ प. ८५८१ नम्बरको मोटरसाइकलमा कल्याणपुर बजार आउँदै गर्दा बाटोबाट लुटेराहरूले लुटेर फरार भएका छन्। 

मोटरसाइकलमा रहेका चारजना लुटेराले रकम लुटेर फरार भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले बताएका छन्। 

यसअघि २०७५ सालमा पनि राजाराम मनी ट्रान्सफरका सञ्चालन राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ मिर्चैया–कल्याणपुर सडकखण्डको डुमरी नजिकैबाट लुटिएको थियो। त्याे रकम पनि अझै फिर्ता नआएको सञ्चालक साहले बताएका छन्।