Skip This
रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने जाे बाइडेनकाे दाबी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने जाे बाइडेनकाे दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गरेका छन्। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घन्टापछि वार्सामा भाषण गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गरेका हुन्।  

युक्रेनप्रति संयुक्त राज्य अमेरिका र उसका साझेदारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपतिको आरोपको खण्डन गरे। 

रुसका राष्ट्रपति पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि अमेरिकासहित पश्चिमा राष्ट्रहरूलाई दोष दिए। उनले आफू निरंकुश एवं कठोर नभएको पनि बताए।  

रुसी संसदमा उनले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले ‘रुसविरोधी’ बनाउने प्रयास गरिरहेकाे आरोप लगाउँदै आफ्नो देशको अस्तित्व जोखिममा परेको बताए। 

सम्बोधनका क्रममा उनले अमेरिकासँगको आणविक हतियार सन्धिमा सहभागी नहुने घोषणा पनि गरे। रुसी राष्ट्रपतिले आफ्नो देशमाथि लादिएकाे प्रतिबन्ध सफल नहुने बताउँदै आफ्नो देशले व्यवस्थित रूपमा आफ्नो उद्देश्य प्राप्त गर्न युद्ध निरन्तर हुने वाचा गरे।  

किभको अप्रत्याशित भ्रमण गरेर यहाँ आएका अमेरिकी राष्ट्रपतिले पश्चिमा मुलुकले रुसमाथि आक्रमण गर्ने कुनै योजना नबनाएको पनि स्पष्ट गरे। 

रुसी राष्ट्रपतिले आफ्नो देशमाथि अमेरिकासहितका पश्चिमा देशले आक्रमण गर्ने योजना बनाएका आरोपको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिले त्यसो भनेका हुन्।  रुसी र अमेरिकी राष्ट्रपतिका भाषण एक–अर्काविरुद्ध वाकयुद्ध थिए। 

त्यसअघि राष्ट्रपति बाइडेनले पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेटेर आफ्नो भ्रमण संवेदनशील क्षणमा भएको बताउँदै उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को सामूहिक रक्षाको सिद्धान्तप्रति वासिंगटनको  प्रतिबद्धता दोहोर्‍याए।