१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:४o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चराका कारण समस्यामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चरा ठोक्किएकाे घटनाबारे के भन्छन् प्रत्यक्षदर्शी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४o:oo

१ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चराका कारण समस्यामा परेको छ।

सोमबार विमानस्थलमा अवतरण गर्न लागेको बुद्ध एयरको विमानमा दुई गिद्ध ठाेक्किएर झरेको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

यसअघि २ माघमा समेत अर्को एक विमानमा चरा ठोक्किएको थियो। २ माघको सो घटना विमानस्थलले गुपचुप राखेको थियो। तर, सोमबारको घटनाको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएसँगै विमानस्थल प्रशासनसँगै विमान कम्पनीले विमानमा चरा ठोक्किएको नभई अन्य कारणले झरेको दाबी गरेका छन्।

तर, सार्वजनिक भिडियोमा भने विमानमा चरा ठोक्किएर झरेको प्रस्ट देख्न सकिन्छ। विमानस्थलमा जहाज अवतरणका क्रममा दुईपटक विमानमा चरा ठोक्किए पनि क्षति भने भएको छैन। तर, चराका कारण विमान अवतरण र उडानमा भने समस्या खडा भएको छ। चराका कारण कुन वेला के हुन्छ भन्ने समस्या भने रहिरहनेछ।

पोखरा विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले सोमबार विमानमा चरा नठोक्किएको बताए। 

चरा खसेको भन्ने कुरा सत्य हो तर विमानमा भने नठोक्किएको भनाइ उनको छ। चरा ठोक्किएको भनिएको विमानका क्याप्टेनले समेत हैन भनेको र बुद्ध एयरले समेत विज्ञप्ति निकालेर चरा विमानमा नठोक्किएको बताएको अधिकारीले जानकारी दिए।

यदि चरा ठोक्किएको भए विमानमा रगतका छिर्कासँगै अन्य केही असर देखिनुपर्ने हो तर त्यस्तो केही नभएकाले अन्य कारणले चरा खसेको भनाइ अधिकारीको छ। 
उडिरहेको विमाननजिकै आएका ती चरा जहाजको आवाज वा हावासँगै अन्य कुनै कारणले खसेको हुनसक्ने उनले जानकारी दिए।  

विमानस्थल प्रशासन र विमान कम्पनीले विमानमा चरा ठोक्किएको स्वीकार नगरे पनि प्रत्यक्षदर्शीले भने चरा विमानमा ठोक्किएको बताएका छन्। विमानमा ठोक्किएको चरा विमानस्थलनजिकै रहेको गल्फकोर्टको मैदानमा खसेको थियो। त्यसवेला गल्फर भुवन गुरुङ हिमालयन गल्फ कोर्टको मैदानमा साथीहरूसँग गल्फ खेलिरहेका थिए। 
                                                                
‘दिउँसो करिब ३:३० बजेतिर मलगायत साथीहरू गल्फ खेलिरहेका थियौँ । माथि आकाशमा हामीले उडेको जहाज हेर्यौँ। गल्फ कोर्टको माथि जहाज आएसँगै बम पड्के जसरी एक्कासि एकपटक आवाज आयो । हेर्दा त चरा ठोक्किएको रैछ । त्यसपछि जाहाजअगाडि बढ्यो ठोक्किएको चरा भने घुम्दैघुम्दै गल्फ मैदानमा खस्यो।’  

विमानस्थल आसपासमा रहेका खाेला, खोल्सी र नहरमा फालिने सिनो खान आउने चराहरूका कारण समस्या खडा भएको हो। विमानस्थलले चरा धपाउने यन्त्रसँगै कर्मचारीसमेत खटाएको छ।