Skip This
असइ हत्या कसुरमा सशस्त्रका जवानलाई जन्मकैद सजाय
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असइ हत्या कसुरमा सशस्त्रका जवानलाई जन्मकैद सजाय

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्या कसुरमा सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीलाई जन्मकैद सजाय भएको छ।

सोमबार जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले जन्मकैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले जानकारी दिए। 

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी)मा कार्यरत असइ सिराहाको भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय यादवको गत असोज १९ गते हत्या भएको थियो।

हत्या कसुरमा सोही पोस्टमा कार्यरत प्रहरी जवान ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका–२ का ३९ वर्षीय खत्रीलाई जन्मकैद, ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गराउने फैसला भएको हो। 

यादवको हत्या भएपछि मृतककी पत्नी फुलसैरदेवी यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। मोहनपुरस्थित बोर्डर आउट पोस्टभित्रै हत्या गरी घटना लुकाउन आरोपित खत्रीले अन्य व्यक्तिको सहयोगमा भारत पुर्याएर शव फालेको मृतक परिवारका सदस्यको आरोप थियो।

नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको शव गत असोज २० गते बिहान फेला परेको थियो। सो घटनामा खत्रीलाई गत असोज २६ गते पक्राउ गरिएको थियो।