Skip This
विराटनगर उड्ने तयारीमा रहेकाे जहाजमा समस्या, पार्किङ-वेमै फिर्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ९ मंगलबार १५:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगर उड्ने तयारीमा रहेकाे जहाजमा समस्या, पार्किङ-वेमै फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार १५:४५:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ। 

विराटनगर उड्न धावनमार्गनजिकै पुगेको उक्त  जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।

यात्रु बोर्डिङ पूरा गरी धावनमार्गनजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन। जहाज अहिले पार्किङ–वेमै छ। 

जहाज कम्पनीका इन्जिनियरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले जनाएको छ।