Skip This
रामनगर घटना : चार वर्षपछि आत्मसमर्पण, धरौटीमा रिहा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १४:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामनगर घटना : चार वर्षपछि आत्मसमर्पण, धरौटीमा रिहा

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १४:१o:oo

चार वर्षपछि आत्मसमर्पण गरेका सर्लाहीको रामनगर घटनाका तीन फरार प्रतिवादी धरौटीमा रिहा भएका छन्। 

मनगर गाउँपालिका– ४ मा विकास निर्माणको विषयलाई लिएर ०७५ साल कात्तिक १२ गते दुई समूहबीच झडप भएको थियो। झडपमा सोही स्थानका रामविलास महतोको मृत्यु भएको थियो भने रामनरेश महतोको खुट्टा भाँचिनुका साथै अंगभंग भएको थियो। 

सोही घटनामा संलग्नमध्ये फरार रहेका तीनजना धरौटीमा रिहा भएका हुन्। फरार रहेका रामनगर– ४, बस्ने ४४ वर्षका धर्मेन्द्र साह, सोही स्थानका ३७ वर्षका राजीवकुमार यादव, ५० वर्षका देवेन्द्रराय यादवलाई जिल्ला अदालत सर्लाहीले धरौटीमा रिहा गरेको हो। 

जिल्ला अदालतले पक्राउ परेकामध्य धर्मेन्द्र साहलाई दुई लाख, राजीवकुमार यादव र देवेन्द्र राय यादवलाई जनही एक लाख ५० हजारका दरले धरौटीमा रिहा गरेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए। 

घटनालगत्तै फरार रहेका उनीहरूविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्दा चलेको थियो। 

तीनजनाले चार वर्षपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका एक प्रहरी अधिकारीले जानकारी दिए। उनीहरू तीनैजनालाई प्रहरीले हिजो सोमबार जिल्ला अदालत उपस्थित गराएको थियो। दुई छुट्टा छुटै राजनीतिक दलबीचको विवादका कारण उक्त घटना घटेको स्राेतको दाबी छ। 

यसैबीच, सर्लाही प्रहरीले गएको दुई महिनामा तीन सय ४९ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको प्रहरी उपरीक्षक सुवेदीले बताए। उनका अनुसार पक्राउ परेकाहरू कर्तव्य ज्यान, कुटपिट, हातहतियार, लागुऔषधलगायत मुद्दाका अभियुक्त छन्।