Skip This
नेपाल–ब्राजिल चेम्बर अफ कमर्सको टोली ब्राजिल भ्रमणमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १o:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–ब्राजिल चेम्बर अफ कमर्सको टोली ब्राजिल भ्रमणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३६:oo

नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीहरू व्यापारको अवसर खोज्दै ब्राजिल भ्रमणमा रहेका छन् । संस्थाका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा रहेको उद्योगी तथा उद्यमीहरूको प्रतिनिधिमण्डल नौदिने भ्रमणमा ब्राजिल पुगेको हो । 

१९ सदस्यीय टोलीले साओ पाउलो र रियो दी जेनेरियोको भ्रमण गर्दै नेपाल र ब्राजिलबीचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पुर्‍याउनका लागि आवश्यक भेटघाट र छलफल गरिरहेको संस्थाले जनाएको छ । भ्रमण टोलीलाई नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले बिदाइ गरेका थिए । 

प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरू, विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईं, लबराम दाहाल, माधव गिरी, प्रभुशमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दंगाल, सुधीरकुमार शर्मा, सुशील कँडरिया, विजयकुमार चौधरी, निर्मलराज पौडेलको सहभागिता रहेको जनाइएको छ ।

भ्रमणका क्रममा ब्राजिलका व्यापारी प्रतिनिधिहरू तथा फेकोमर्सियो र ब्राजिलियन एसोसिएसन अफ होटेल इन्डस्ट्रिजका उद्यमीहरूसँग भेटका साथै नेपाल र ब्राजिलबीचको व्यापार अवसरहरू खोज्ने काम भइरहेको चेम्बरले जनाएको छ । नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज नेपाल र ब्राजिलबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवद्र्धन गर्न स्थापना गरिएको गैरलाभकारी संस्था रहेको उल्लेख गरिएको छ ।