१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मारबर्ग भाइरस ‘आउट ब्रेक’ : भ्याक्सिनमाथि अनुसन्धान थालियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o४:oo

१३ फेब्रुअरीमा इक्वेटोरियल गिनीमा पुष्टि भएको मारबर्ग भाइरसको भ्याक्सिनमाथि अनुसन्धान सुरु भएको छ । इबोला भाइरससँग सम्बन्धित मानिएको यो भाइरसविरुद्ध भ्याक्सिन निर्माणका लागि अनुसन्धान थालिएको हो । 

हाल गिनीमा तीव्र फैलिइरहेको यो भाइरसको संक्रमणबाट मृत्युदर झन्डै ८८ प्रतिशत रहेको जनाइएको छ । उच्च मृत्युदर रहेको यो भाइरस फैलिएसँगै विश्व स्वास्थ्य संगठनले जेनेभामा परीक्षण भइरहेको खोपको अपडेट लिन आकस्मिक बैठक बोलाएको थियो । तर, खोपमा सकारात्मक लक्षण नदेखिएकाले तत्काल प्रयोगमा ल्याउन असम्भव भएको विज्ञहरूले बताएका थिए । यससँगै खोप अनुसन्धान तीव्र पारिएको र संक्रमणबाट बच्न क्वारेन्टिन मात्रै विकल्प रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ । 

खोपको अपडेटका लागि डब्लुएचओको मिटिङमा सहभागी भएका लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका महामारीविद् जोन एडमन्ड्सले संक्रमण कतिसम्म फैलिन सक्छ भन्ने तत्काल कुनै अनुमान लगाउन नसकिने बताएका छन् । 
संक्रमितलाई छुँदा सर्ने यो संक्रमण हाल केइन्टम प्रान्तमा फैलिइरहेको बताइएको छ । हालसम्म संक्रमण पुष्टि भएका २५ मध्ये नौजनाको मृत्यु भइसकेको छ । संक्रमण फैलिएका व्यक्तिलाई क्वारेन्टिन गर्दा सजिलै नियन्त्रणमा लिन सकिने इतिहास रहेको यो भाइरस संक्रमणको मृत्युदर भने निकै उच्च छ । यसअघि सन् १९९८ देखि सन् २००० मा कंगोमा फैलिएको यो संक्रमणबाट संक्रमित एक सय ५४ मध्ये एक सय २८ जनाको मृत्यु भएको थियो । यस्तै, सन् २००४ देखि २००५ सम्म एंगोलामा फैलिएको संक्रमणबाट दुई सय ५२ संक्रमितमध्ये दुई सय २७ को मृत्यु भएको थियो । 

संक्रमण फैलिएसँगै इक्वेटोरियल गिनीमा मारबर्ग भाइरस खोपहरूको परीक्षण गर्न सकिनेमा डब्लुएचओका विज्ञहरूको प्यानलले छलफल गरेको छ । हाल मारबर्ग भाइरसविरुद्ध बनिरहेका सबै भ्याक्सिन भाइरल–भेक्टर खोप रहेको बताइएको छ । हाल वासिङटन डिसीको सबिन भ्याक्सिन इन्स्टिच्युटमा यो भाइरसविरुद्ध खोप निर्माण भइरहेको छ । जसले चिम्पान्जीमा पाइने एडिनो भाइरस प्रयोग गरी कोशिकालाई मारबर्ग भाइरस प्रोटिन बनाउन निर्देशन दिने बताइएको छ ।

इबोलाविरुद्ध बनाइएका भेक्टर भ्याक्सिनसमेत हाल पर्याप्त मात्रामा उपलब्ध नभएकाले प्रयोगमा ल्याउन समस्या भइरहेको डब्लुएचओले जनाएको छ । उत्पादन कम्पनीले पब्लिक हेल्थ भ्याक्सिन केही सय डोज मात्रै बाँकी भएको, इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभर अउरो भ्याक्सिनको एउटा पनि डोज हाल उपलब्ध नभएको बताइएका छन् । 

ad
ad