मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ फाल्गुण ८ सोमबार ०६:५८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले अध्यक्ष ओलीको दाबी : राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेकै उम्मेदवारलाई समर्थन गर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ फाल्गुण ८ सोमबार ०६:५८:००

एमाले अध्यक्ष केपी ओलीले माओवादीले एमालेकै उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले एमालेका उम्मेदवारलाई छाडेर माओवादीले अरूलाई समर्थन गर्छ भन्नु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए ।

‘माओवादी र एमालेबीच पहिले नै सहमति भइसकेको छ । त्यसैले राष्ट्रपति निर्वाचनमा अरू नै उम्मेदवारलाई समर्थन गर्ने कुरा कल्पनाभन्दा बाहिर छ,’ ओलीले भने ।

उनले आफू र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपतिबारे सहमति भइसकेकाले कुन पार्टीका नेताले के भने भन्ने कुराले कुनै अर्थ नराख्ने बताए ।