१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Sunday, 11 May, 2025
नवीन गुरुङ संखुवासभा
२o७९ फाल्गुण ७ आइतबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्र दिवसमा संखुवासभामा तीनजनाको कैद मिनाह 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार १६:५४:oo

७३औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार संखुवासभामा तीनजना कैदीबन्दीको कैद मिनाह भएको छ। यो वर्ष संखुवासभा कारागाबाट तीनजना कैदीबन्दीको कैद मिनाह भएको जिल्ला कारागार संखुवासभाका जेलर विनोद अधिकारीले बताए। 

उनका अनुसार तीनजनामध्ये एकजना मकालु गाउँपालिका– ५का सुरज भन्ने रामबहादुर राई छन् । उनी कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए। त्यसैगरी चैनपुर गाउँपालिका– ३ का कुमार रम्तेल पनि छुटेका छन् । उनी ज्यान मार्ने उद्योगमा कारागार चलान भएका थिए। 

त्यसैगरी, धर्मदेवी नगरपालिका–  ३ का मुसे माइलो भनिने राजकुमार खड्का पनि छुटेका छन्। उनी चोरी अभियाेगमा कारागार चलान भएका थिए। 

५० प्रतिशत कैद भुक्तान गरिसकेका, कारागारभित्र रहँदा राम्रो चालचलन भएकालाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी दिई कैद मिनाह गर्ने परम्परा रहेको जेलर अधिकारीको भनाइ छ। हाल जिल्ला कारागार खाँदबारीमा एक सय ५० जना कैदी विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका छन्।