१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र दिवस [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो ।

आज विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइन्छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।

समारोहमा नेपाली सेनाको दुई हेलिकाेप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाउनुका साथै सहिदहरूप्रति श्रद्धापूर्ण रूपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै देशप्रेमका कालजयी गीतहरूको धुन र ब्यान्ड  बजाएर प्रजातन्त्र दिवस मनाइएको छ ।