Skip This
प्राचीन सारस्वरनाथमा हेलिकोप्टरबाट पुष्पवृष्टि (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ६ शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण ६ शनिबार १८:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्राचीन सारस्वरनाथमा हेलिकोप्टरबाट पुष्पवृष्टि (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ६ शनिबार १८:o१:oo

सिराहाको प्राचीन सारस्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। महाशिवरात्रिको अवसरमा कमला नदीको पूर्वी तटमा अवस्थित सारस्वरनाथ महादेवको दर्शन गर्न हजारौँ दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो लागेको छ।

पवित्र कमला नदीबाट जल भरेर शिवभक्तले बेलपत्र, फूल, धतुरो, भन्टाको भारलगायत सारस्वरनाथ महादेवलाई चढाउने गरेका छन्। सिराहा, धनुषासँगै छिमेकी मुलुक भारतको मधुवनी जिल्लाका विभिन्न गाउँबाटसमेत शिवभक्तहरू सारस्वरनाथ पुगेर पूजाअर्चना गर्ने गरेका छन्।

यता आयोजक समितिले महाशिवरात्रिको अवसरमा हेलिकोप्टबाट सारस्वरनाथ महादेव मन्दिरमा पुष्पवृष्टि गरेको छ। आज दिउँसो साढे २ बजेतिर काठमाडौंबाट आएको हेलिकोप्टरले सारस्वरनाथ महादेवको पाँच फन्को लगाउँदै पुष्पवृष्टि गरेको मेला समितिका अध्यक्षसमेत रहेका सिराहा नगरपालिका– १२ का वडाध्यक्ष शंकर झाले बताए।

महाशिवरात्रिको अवसरमा नेपाली सेनाको चोहर्वामा रहेको बहादुर शेरगणले स्वास्थ्य शिविरसमेत संचालन गरेको छ । मेलामा आउने दर्शनार्थीलाई लक्षित गरी सेनाले निःशुल्क स्वास्थ्य शिविर राखेको हो ।

महाशिवरात्रिको अवसरमा आयोजकले कुस्ती प्रतियोगिता र झण्डा मेलाको समेत आयोजना गरेको छ ।