Skip This
सामाजिक उद्यमीहरूको माग समेट्ने ऐन र नीति बनाउने मन्त्री राईको प्रतिबद्धता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामाजिक उद्यमीहरूको माग समेट्ने ऐन र नीति बनाउने मन्त्री राईको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:१o:oo

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुमार राईले रोजगारी सिर्जना र समृद्धिका लागि सामाजिक उद्यमशिलता जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलनको उद्घाटन गर्दै  उनले सामाजिक उद्यमशिलताका लागि ऐन र नीति नियम तय गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक उद्यमीहरुले उत्पादन गरेको सामाग्रीहरु अन्तराष्ट्रिय बजारसम्म पु¥याउन सरकारका तर्फबाट प्रयास मन्त्री राइले आश्वासन दिएका छन् ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमालेका नेता पार्वत गुरुङ्ग, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रिय योजना आयोगका सदस्य डा. संगिता सिंह, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, अन्तर्राष्ट्रिय गैरसरकारी संघका अध्यक्ष भगवान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।