मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण ६ शनिबार ११:३३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरामा प्रदेशस्तरीय दोस्रो खुला आर्चरी प्रतियोगिता जारी

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ६ शनिबार ११:३३:००

गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ पोखरामा जारी छ । पोखरा रगंशालास्थित आर्चरी खेल मैदानमा जारी प्रतियोगिताको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङले शुक्रबार उद्घाटन गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, प्रदेश आर्चरी संघको संयोजन, नेपाल आर्चरी संघको समन्वय, कास्की आर्चरी संघको सहआयोजना र अन्नपूर्ण आर्चरी क्लबको व्यवस्थापनमा सुरु प्रतियोगिता शनिबार बेलुकीसम्म चल्नेछ ।

प्रतियोगितामा मुस्ताङ, मनाङ, म्याग्दी, पर्बत, बागलुड र कास्की जिल्लाका गरी ८९ खेलाडीहरुको सहभागिता रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । सहभागीहरुले रिकर्ब खुल्ला पुरुष र महिला, स्टाण्डर्ड पुरुषतर्फ ब्यक्तिगत खुल्ला, रिकर्ब ओपन ७० मीटर र स्टाण्डर्ड ३० मीटर दूरीका खेलहरुमा प्रतिस्पर्धा गर्नेछन् ।

रिकर्ब खुल्ला पुरुषतर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यबस्था गरिएको छ । रिकर्ब खुल्ला महिलातर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार प्रदान गरिने छ । स्टाण्डर्ड पुरुषतर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।