Skip This
भाइदेगा मन्दिर पुनर्निर्माणका लागि पैदलयात्रा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाइदेगा मन्दिर पुनर्निर्माणका लागि पैदलयात्रा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५o:oo

मंगलबजारस्थित भाइदेगा मन्दिर पुनर्निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले रोटरी क्लब अफ पाटन हेरिटेजले पदयात्रा गरेको छ । 

शिवरात्रिको अवसर पारेर शनिबार मंगलबजारस्थित दरबार स्क्वायरबाट बिहान ७ बजे सुरु  भएको पैदलयात्रा पदमार्ग पुल्चोक, अलेश्वर महाविहार,भनिमण्डल, जलविनायक, पांगा बसपार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिर प्रांगणमा समापन भएको थियो । पैदलयात्रामा संस्कृति मन्त्री सुदन किराती, ललितपुर महानगरपालिकाका मेयर  मेयर चिरिबाबु महर्जन लगायत दुई हजारभन्दा बढीको उपस्थिती थियो  । 

ललितपुर दरबारस्क्वायरको दक्षिण–पश्चिमतर्फ निर्माणाधीन अवस्थामा रहेको सल्ने शैलीको यो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएको थियो। इतिहासकारहरूका अनुसार उक्त मन्दिर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा चौतारा भारी भागिरथ भैयाले वि.सं. १७३५ मा बनाएका थिए।

भारतको काशी विश्वनाथ मन्दिर आक्रमणमा परेर ध्वस्त भएकाले त्यसैको सम्झनास्वरूप यो मन्दिर बनाइएको बताइन्छ। मन्दिर भत्किएको झन्डै ८० वर्ष बितिसक्दासमेत पुनर्निर्माण नभएपछि भ्याली प्रिजर्भेसन ट्रस्टको प्राविधिक सहयोगमा उक्त मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको रोटरी क्लब अफ पाटन हेरिटेजले जनाएको छ।