Skip This
ओलीसँग सवा दुई घन्टा वार्तापछि प्रधानमन्त्री प्रचण्डले भने–गठबन्धन भत्किने कुरै छैन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o६:२३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओलीसँग सवा दुई घन्टा वार्तापछि प्रधानमन्त्री प्रचण्डले भने–गठबन्धन भत्किने कुरै छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२३:oo

कांग्रेसले सत्तागठबन्धन भत्किएर आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने दाबी गरिरहेका वेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन नभत्किने र सहमतिमै राष्ट्रपतिको उम्मेदवार टुंगिने गृहकार्य चलिरहेको बताएका छन् । शुक्रबार बालकोटमा ओलीसँग सवा दुई घन्टा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले एक–दुई दिनमै सहमतिमै राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने पनि बताए ।

‘गठबन्धन अहिले नि कायमै छ, मिलेरै अघि बढ्नेछौँ, गठबन्धन टुट्ने या भत्कने कुरै छैन,’ ओलीनिवास बालकोटबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘राष्ट्रपतिको उम्मेदवार पनि एक–दुई दिनमा सहमतिमै टुंगो लगाउँछौँ ।’ 

प्रधानमन्त्री र ओलीबीच बिहीबार पनि भावी राष्ट्रपतिकै विषयमा छलफल भएको थियो । राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्नुपर्ने १३ फागुनको समयसीमा नजिकिँदै गर्दा दुई नेताबीचको संवाद पनि बाक्लिएको छ । उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि एमाले र माओवादीबीच पूर्वसहमति कार्यान्वयनमा कुनै समस्या नरहेको दाबी गरे । ‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ । हल्ला एकातिर चल्छ, घटनाक्रम अर्कोतिर अघि बढ्छ । यो तपाईंहरू सबैलाई थाहा भएकै विषय हो । हाम्रो लामो अनुभवले पनि यही बताउँछ । त्यसकारण हल्लालाई समाचार नबनाउन आग्रह गर्दछु,’ पौडेलले भने, ‘यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । पाँच वर्षसम्म यात्रा चल्छ । राष्ट्रपति, उपराष्ट्रपतिमा पूर्वसहमति कार्यान्वयन हुन्छ ।’ 

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने १० पुसकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा कांग्रेसले अहिलेको गठबन्धन टुटेर नयाँ समीकरण बन्ने दाबी गर्दै आएको छ । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको छलफल यथास्थितिमै रुमल्लिरहे पनि अहिलेको गठबन्धन टिकाएर राष्ट्रपतिको उम्मेदवार चयन गर्ने गरी सकारात्मक दिशामै छलफल अघि बढिरहेको बताए । ‘उहाँहरूबीचको छलफल पुरानै ठाउँमा घुमिरहेको छ, हाम्रो कोसिस भने गठबन्धन टिकाउनेतिरै छ,’ उनले भने, ‘तर, गठबन्धन जोगाउन पार्टीहरू केही न केही लचिलो हुनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।’