Skip This
हिल्सा-सिमिकोट सडकका योजना प्रमुखद्वारा कर्मचारीमाथि दुर्व्यवहार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ५ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण ५ शुक्रबार २२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिल्सा-सिमिकोट सडकका योजना प्रमुखद्वारा कर्मचारीमाथि दुर्व्यवहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ५ शुक्रबार २२:११:oo

हिल्सा-सिमिकोट सडक योजनाका कामु योजनाप्रमुख  वीरेन्द्रकुमार यादवले आफनै कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेका छन्। 

कार्यालयका सूचना अधिकारी निरजराज वंशीमाथी कार्यालयका कामु योजना प्रमुख यादवले टेलिफोनबाट गाली गैलज गदैँ दुर्व्यवहार गरेका हुन्। 

कामु योजनाप्रमुख  वीरेन्द्रकुमार यादव

‘सूचना अधिकारी इन्जिनियरले फोन अफ गरी बस्नु भएको थियो। रिसको झोकमा भनेको हुँ। अबदेखि यस्तो हुदैँन,’ कामु योजना प्रमुख यादवले भने, ‘रिसको आवेगमा गाली गरेको हुँ। इन्जिीनियर साबले कार्यालयको फोन अफ गर्नु भो।’ 

कामु योजना प्रमुख यादवले टेलिफोनबाट धम्की दिएर आफूमाथि दुर्व्यवहार गरेको सूचना अधिकारी निरज राजवंशीले जानकारी दिए। 

जिल्लाबाहिर रहेका कामु योजना प्रमुखले टेलिफोन गरी ‘म खाना खान्छु छिटो भन्नु भन्दा के छिटो भन्नुहोस्, जुतै जुताले हान्छु साले’ भन्दै आफूलाई धम्की दिएको सूचना अधिकारी इन्जिनियर राजवंशीले बताए। 

सूचना अधिकारी नाम मात्रै राखेको र काम सबै आफैँ गर्ने गरेको राजवंशीले बताए। नाम नबताउने शर्तमा अर्का एक कर्मचारीले भने, ‘कामु योजना प्रमुखले सूचना अधिकारीलाई मात्रै होइन हामी धेरै कर्मचारीलाई यस्तै  दुर्व्यवहार गरेका छन्। यस्तै स्थिति हो भने कार्यालय बन्द गरी बस्ने हो।’ 

दिनरात काम गर्दा पनि कार्यालय प्रमुखले कर्मचारीमाथि दुर्व्यवहार गरेपछि कर्मचारीलाई काम गर्न जागर पनि मर्दै गएको ती कर्मचारीको दुःखेसो पाखे। 

‘सूचना अधिकारी इन्जिनियरले फोन अफ गरी बस्नु भएको थियो। रिसको झोकमा भनेको हुँ। अबदेखि यस्तो हुदैँन,’ कामु योजना प्रमुख यादवले भने, ‘रिसको आवेगमा गाली गरेको हुँ। इन्जिनियर साबले कार्यालयको फोन अफ गर्नु भो।’

यावद भने जिल्ला कम र काठमाडौं बढी बस्दै आएको कर्मचारी बताउँछन्। कर्मचारीका अनुसार उनले काठमाडाैंबाटै टेन्डरका काम गर्दै आएका छन्।