१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ फाल्गुण ५ शुक्रबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा भाडा घटाएको विरोधमा बाजुराका यातायात व्यवसायीले रोके हुम्ला जाने गाडी

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ५ शुक्रबार १२:५७:००

कर्णाली करिडोर खण्डमा मनपरी गाडी भाडा असुल्न नपाएपछि बाजुराका यातायात व्यवसायीले गाडी बन्द गरेका छन् ।

मनपरी गाडी भाडा असुलेको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेपछि हुम्लाका चार गाउँपालिकाले भाडादर घटाएका थिए । हुम्लामा भाडादर घटाएको विरोधमा बाजुराका यातायात व्यवसायीले हुम्ला जाने यातायात ठप्प पारेका छन् ।

हुम्लाका अदानचुली, ताजाँकोट, चंखेली र सर्केगाड गाउँपालिकाको संयुक्त बैठकले प्रतिकिलोमिटर २३ रुपैयाँका दरले भाडा कायम गर्ने निर्णय गरेको थियो । चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार गाडी भाडा घटाएको विरोधमा बाजुराका यातायात व्यवसायीले हुम्लातर्फ चल्ने गाडी रोकेका हुन् ।

बाजुराको हिमाली गाउँपालिकाबाट हुम्लातर्फ चल्ने गाडी व्यवसायीले चल्न नदिएपछि यात्रुहरू अलपत्र परेका छन् । चंखेली गाउँपालिका– ४ की बास्ना शाही भन्छिन्, ‘समितिले गाडी चल्न दिएका छैनन्, हामी अलपत्र परेका छौँ ।’ हुम्लातर्फ जाने सयौँ यात्रु धुलाचौरमा अलपत्र परेका छन् ।

यस विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसँग बुझ्दा उनले यस विषयमा जानकारी लिने प्रतिक्रिया दिए ।