मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १४ आइतबार
  • Sunday, 28 May, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार २०:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोकप्रिय नाराले देश चलाउन सकिँदैन : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार २०:१५:००

कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले देश चलाउन नसकिने बताएका छन्। 

विजय स्मारक माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन्।

उनले कांग्रेस एमालेलगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका थिए। लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको उनको भनाइ थियो। 

राजनीतिमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको जिकिर थियो। त्यस्तै, नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे। जनताले नै मिलिजुली सरकार बनाउने म्यान्डेड दिएको अवस्थामा दलहरू पनि त्यसैअनुसार अघि बढ्नुपर्ने बताए। 

नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामु गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेकोसमेत दाबी गरेका थिए।