मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ फाल्गुण ४ बिहीबार १४:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास सिलिन्डर विस्फोट हुँदा दाङमा पनि दुई घाइते

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ४ बिहीबार १४:५७:००

दाङको तुलसीपुर उपमहानगरपालिका– १६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका– १६ लहलौराकी ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका– ५ घर भई हाल तुलसीपुर– १६ बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर– १६ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दुवैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रासस