१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ १ मंगलबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

मिस नेपाल २०२३ को वीरगन्ज अडिसन शुक्रबार हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:o९:oo

द हिडेन ट्रेजरले मिस नेपाल २०२३ को वीरगन्ज अडिसन शुक्रबार गर्नेे भएको छ । बुधबार वीरगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर मिस नेपाल २०२३ को आवेदन खुला भएको र आवेदनकाे अवधि चैत १ सम्म रहने जानकारी दिइएको हो ।

इटहरीमा अडिसन सकेकाले शुक्रबार वीरगन्जमा अडिसन गर्ने तयारी भएको द हिडेन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले बताए । कंसाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिन सक्ने बताए । इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ ।

कंसाकारका अनुसार सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी छ । मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने बताइएको छ ।

ad
ad