Skip This
आगामी वर्ष मूल्यवृद्धि १२.५० प्रतिशत पुग्ने अनुमान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण ४ बिहीबार o६:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आगामी वर्ष मूल्यवृद्धि १२.५० प्रतिशत पुग्ने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार o६:२८:oo

 सर्वसाधारणले आगामी तीन महिनामा मूल्यवृद्धि दर १०.१० प्रतिशत पुग्ने अनुमान गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । त्यस्तै, ०८० पुससम्म दर १२.५० प्रतिशत पुग्ने अनुमान जनताले गरेका छन् । राष्ट्र बैंकले गत पुसमा जनतासँग गरेको सर्वेक्षणले यस्तो देखाएको हो । 

अनुमानित मूल्यवृद्धि दोहोरो अंकमा भए पनि अहिले घट्दो क्रममा देखिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । ‘जनताको अनुमानित मूल्यवृद्धिदर अझै बढी छ । तर, पछिल्लो समय त्यो घट्दो क्रममा देखिएको छ,’ उनले भने, ‘पछिल्लो समय विभिन्न कारणले बजारमा माग घटेको छ । जग्गाको कारोबार सुस्ताएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै आमजनताले मूल्यवृद्धि दर घट्दै जाने अनुमान गरेको देखिन्छ ।’

यस्तै, चालू आर्थिक वर्षको कसिलो मौद्रिक नीतिका कारण पनि  मूल्यवृद्धि दर घट्दै गएको उनको भनाइ छ । ‘मौद्रिक नीतिले लिएको कार्यदिशाका कारण कर्जा विस्तार घटेको छ भने ब्याजदर बढेको छ । यसले मागमा केही कमी आएको छ,’ उनले भने, ‘यसरी माग घट्ने भएपछि स्वतः रूपमा मूल्य घट्छ नै ।’  

नेपाल राष्ट्र बैंकले ७७ माघदेखि मूल्यवृद्धिसम्बन्धी जनताको अनुमान सर्वेक्षण गर्दै आएको छ । तर, ती सर्वेक्षणको नतिजा र बजारमूल्य वृद्धिदर भने अहिलेसम्म मिलेको छैन । 

आगामी तीन महिनामा लुम्बिनीमा ११.४ प्रतिशत र आगामी एक वर्षमा १३.१ प्रतिशतले मूल्य बढ्ने अनुमान गरिएको छ । गण्डकीको मूल्य वृद्धिदर भने सबैभन्दा कम तीन महिनामा ८.५ प्रतिशत र एक वर्षमा १०.४ प्रतिशतले हुने अनुमान गरिएको छ । प्रदेश १ मा तीन महिनामा ८.९ प्रतिशत र एक वर्षमा १२.४ प्रतिशत, मधेस प्रदेशमा तीन महिनामा ९.७ प्रतिशत र एक वर्षमा १२.१ प्रतिशत मूल्यवृद्धि अनुमान गरिएको छ । 

यस्तै, बागमतीका जनताले तीन १०.८ प्रतिशत र एक वर्षमा १३ प्रतिशत,  कर्णालीमा तीन महिनामा ९.२ प्रतिशत र एक वर्षमा ११.३ प्रतिशत, र सुदूरपश्चिममा तीन महिनामा ९.५ प्रतिशत र एक वर्षमा १२.३ प्रतिशतले मूल्य बढ्ने अनुमान गरिएको छ ।