मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण ३ बुधबार
  • Saturday, 12 July, 2025
२o७९ फाल्गुण ३ बुधबार १३:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुम्लामा ‘नमुना गाउँ’ बनाउँदा भ्रष्टाचार, सहकारीविरुद्ध मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३ बुधबार १३:३८:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लामा सहकारी नमुना गाउँ बनाउँदा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले साबिक कृषि ज्ञान केन्द्र हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख रामसुरत पाल गडरिया सबइन्जिनियर, सिर्जनशील कृषि सहकारी संस्थाका अध्यक्षसमेत ६ जनाउपर गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

विज्ञप्तिमा उल्लेख छ, ‘जिल्ला कृषि विकास कार्यालय हुम्लाबाट दिइएको अनुदान सिर्जनशील कृषि सहकारी संस्थाले हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साबिक कृषि ज्ञान केन्द्र हुम्लाको आर्थिक वर्ष ०७५/७६ को सहकारी नमुना गाउँ स्थापना तथा सञ्चालन कार्यक्रमअन्तर्गतको उमान्दे खोलादेखि बल्देकाध सिँचाइ कुलो निर्माण र सहकारी नमुना गाउँको जग्गा घेरबार कार्यमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको भनी झुटा बिल, भर्पाई, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन बनाई ११ लाख २६ हजार पाँच सय २८ रुपैयाँ बढी भुक्तानी लिई–दिई आफूलाई गैरकानुनी लाभ पुर्‍याएको र प्रदेश सरकारलाई गैरकानुनी हानि पुर्‍याएको पुष्टि भएको देखिएकाे छ।’