Skip This
‘राष्ट्रपति एमालेलाई दिँदा देश बर्बाद हुन्छ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण ३ बुधबार ११:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘राष्ट्रपति एमालेलाई दिँदा देश बर्बाद हुन्छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३ बुधबार ११:३o:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेलाई दिँदा देश बर्बाद हुने बताएका छन्।

समाजवादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। 

हाल प्रतिनिधिसभाका सभामुख एमालेका र राष्ट्रिय सभाका अध्यक्षसमेत एमालेबाट निर्वाचित व्यक्ति भएकाले अब फेरि राष्ट्रपति पनि एमालेलाई दिन नहुने भनाइ उनको थियो।

दुई पद एमालेले लिइसकेको अवस्थामा अर्को पद राष्ट्रपतिसमेत एमालेलाई दिँदा शक्ति सन्तुलनका कारण देशमा बर्बादको अवस्था आउने अध्यक्ष नेपालले बताएका थिए। तीन पद नै एमालेलाई दिँदा शक्ति सन्तुलन गुम्नेसँगै देशमा अस्थिरतासमेत पैदा हुने उनको भनाइ उनको थियो।

अबको राष्ट्रपति राष्ट्रिय सहमतिको व्यक्ति हुनुपर्ने भन्दै त्यस्तो व्यक्तिको खोजी भइरहेकोसमेत नेपालले बताएका थिए। 

राजनीतिक स्थायित्वसँगै संविधान रक्षाका लागि समेत राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नेपर्ने र सहमतिमा चयन हुने राष्ट्रपति राजनीतिक वा गैरराजनीतिक जो पनि हुन सक्ने भनाइ नेपालको थियो। 

सकेसम्म राष्ट्रपतिका लागि राजनीतिक व्यक्तिको खोजी गरिने भनाइ उनको थियो। संवैधानिक, कानुनी र व्यावहारिक अड्चनका कारणसमेत सहमतिको राष्ट्रपति देशका लागि आवश्यक रहेको नेपालको भनाइ थियो।

फरक प्रसंगमा अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी कतै विलीन नहुनेसमेत बताएका थिए। छोटो समयमा पार्टी बलियो बन्दै गएको दाबी गदै नेपालले पार्टी आफ्नो शक्तिको भर गरेर अगाडि बढ्ने बताएका थिए। उनले देश र जनताको आशा र भरोसा गर्ने पार्टीको रूपमा आफ्नो पार्टी रहेको दाबीसमेत गरे।

हाल पार्टीबारे धेरै कुरा उठ्ने गरेको भन्दै नेपालले पार्टी कतै विलीन नहुने, तर नयाँ पार्टी गठनको सम्भावना भने रहेको बताएका थिए।

वर्तमान सरकारलाई नेपालले विचार नमिल्ने समूहको खिचडी गठबन्धनकोे संज्ञा दिए। वर्तमान सत्तागठबन्धनमा संघीयता, गठतन्त्र, लोकतन्त्र स्वीकार गर्ने र नगर्ने सबै दलको सहभागिता रहेकाले यो खिचडीजस्तो रहेको भनाइ नेपालको थियो।
 
विचार नमिल्ने समूहहरूको गठबन्धन रहेकाले वर्तमान सरकारका कारण देशमा प्रतिगमनसँगै संविधान रक्षाका लागि संकट देखा पर्न लागेको अध्यक्ष नेपालको आरोप थियो।