Skip This
एक वर्षमा सकिनुपर्ने कोर्सलाई त्रिविमा झन्डै दुई वर्ष
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक वर्षमा सकिनुपर्ने कोर्सलाई त्रिविमा झन्डै दुई वर्ष

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२७:oo

समय लम्बिँदा विद्यार्थीमा निराशा, विदेश पलायनको दर बढ्यो

त्रिभुवन विश्वविद्यालयमा शैक्षिक कार्यक्रमको समय लम्बिँदा विद्यार्थीमा निराशा छाएको छ । वार्षिक प्रणालीमा सञ्चालन भएका एक वर्षमा सकिनुपर्ने कोर्सका लागि दुई वर्ष लाग्ने र चार वर्षमा सकिनुपर्ने कार्यक्रमका लागि पाँच वर्षभन्दा बढी समय लाग्ने स्थिति देखिएको छ । जसकारण विद्यार्थीमा निराशा बढेको हो । वार्षिक प्रणालीका प्रायः सबै परीक्षा पछाडि धकेलिएका छन् । 

प्रथम वर्षमा अध्ययनरत दुई ब्याचका विद्यार्थी छन् । एउटा ब्याचको भर्खरै पढाइ सुरु भएको छ भने अर्को पुरानो प्रथम वर्षका विद्यार्थी भर्ना भएको १५ महिना पुगिसकेको छ । फागुनमा हुने भनेको प्रथम वर्षको परीक्षा सरेर वैशाखमा पुगेको छ । त्यतिवेला पनि के हुने भन्ने टुंगो छैन । उनीहरूको एक वर्षको कोर्स सकिन झन्डै दुई वर्ष लाग्ने देखिएको छ । 

अहिले बिए तेस्रो वर्षमा अध्ययन गरेका विद्यार्थी भर्ना भएको चार वर्ष बितिसकेको छ । उनीहरू केही महिनायता तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् । परीक्षा र नतिजाको अझै टुंगो छैन । स्नातक दोस्रो वर्षका विद्यार्थीको हालतसमेत उस्तै छ । अघिल्लो माघ महिनामा भर्ना भएका विद्यार्थी अहिलेसम्म दोस्रो वर्षमै छन् । उनीहरूको परीक्षा कहिले हुने भन्ने टुंगो छैन ।

त्रिविको आंगिक पब्लिक युथ क्याम्पस प्रमुख बलराम थापाले परीक्षा र नतिजाको अनिश्चितताले विद्यार्थी आक्रोशित हुन थालेको बताए । ‘विद्यार्थीले परीक्षा नतिजा कहिले हुन्छ भनेर सोधिरहन्छन्,’ क्याम्पस प्रमुख थापाले भने, ‘सूचना निकाल्ने र सार्ने गर्दा हामी नै अन्योलमा पर्न थाल्यौँ, विद्यार्थी निराश छन् ।’ अहिले त्रिविका कक्षाकोठामा विद्यार्थी संख्यासमेत कम हुँदै गएको छ । पहिलो वर्षमा भर्ना भएका विद्यार्थी माथिल्लो कक्षामा अनियमित हुने र कक्षा छोड्नसमेत थालेका छन् । क्याम्पस प्रमुख थापाले समयमै परीक्षा नहुने, नतिजा नआउने र यसले अनिश्चित गराउँदा विद्यार्थी ‘ड्रप आउट’ हुने गरेको बताए । 

स्नातकोत्तरमा पनि उस्तै समस्या
स्नातकोतरको तेस्रो सेमेस्टरको परीक्षाको नतिजा आठ महिना पूरा भइसक्दासमेत त्रिविले प्रकाशित गरेको छैन । मानविकी संकायअन्तर्गतको गत जेठको तेस्रो साता (१६ देखि २६ जेठ) लिइएको एमए अंग्रेजीलगायत विषयका परीक्षाको नतिजा हालसम्म प्रकाशित नभएको हो । सेमेस्टरअन्तर्गतको परीक्षाको नतिजा तीन महिनाभित्रै प्रकाशित गरिनुपर्ने भए पनि त्रिविले आठ महिनासम्म ढिलाइ गरेको छ । मानविकी संकायअन्तर्गतको चौथो सेमेस्टरको परीक्षा लिइएकोसमेत झन्डै एक महिना पुगिसकेको छ । 

जया मल्टिपल क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत शिक्षा दाहालले त्रिविकै कारण धेरै नेपाली विद्यार्थी विदेश पलायन भइरहेको बताइन् । ‘त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको जीवन र भविष्य अन्योल पारिदिएको छ । आफ्नै देशमा केही गर्छु भन्ने हामीजस्ता विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले बिदेसिन बाध्य बनाइदिएको छ । प्रथम वर्षको परीक्षा १ फागुनदेखि हुने भनिए पनि पछि १७ चैत र अहिले ३ वैशाखबाट सुरु हुने गरी सारिएको छ,’ उनले भनिन्, ‘अझै पनि परीक्षा हुने–नहुने टुंगो छैन । दोस्रो वर्षको परीक्षाको रजिस्ट्रेसन फर्म पनि खुल्ने–नखुल्ने निश्चित नभएकाले हामीले बिदेसिनेभन्दा अरू उपाय देखेका छैनौँ । समयमा परीक्षा नलिने र लिए पनि नतिजा प्रकाशन गर्न दुई वर्ष लगाउने त्रिविको मुख्य कमजोरीतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण नभए हामीजस्ता कैयौँ युवा बिदेसिन बाध्य हुनेछन् ।’ 

त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसाल भन्छन्–
त्रिविमा अहिले धमाधम परीक्षा चलेका छन् । स्ववियु चुनावलाई ध्यानमा राखेर २०–२२ फागुनदेखि चैतको पहिलो सातासम्म खाली राखेर अरू समय परीक्षाको तालिका राखेका छौँ । कुन अघि कुन पछि गर्ने भन्ने प्राथमिकताका आधारमा तालिका राखेका छौँ । चैतमा स्नातक चौथो वर्षको परीक्षा राख्ने योजना बनाएर प्रथम वर्षको सारेका थियौँ । एउटा तह पार गर्ने समय चार वर्ष नाघिसकेकाले छिटो गर्न खोजेका थियौँ, तर विद्यार्थी र विद्यार्थी संगठनले भोट हाल्न पाउनुपर्छ भन्ने दबाब परेपछि पछि सार्न बाध्य भयौँ । चौथो वर्षलाई प्राथमिकता दिएको काम लागेन । क्यालेन्डरअनुसार काम भएन पनि भन्ने र तालिका निकाल्दा परीक्षा दिन्नौँ भन्ने अवस्था देखिएको छ ।