
ट्राफिक कारबाही खुकुलो पार्न र बसपार्कबाहिर माइक्रोबस पार्किङ माग्दै बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको प्रदर्शनमा एम्बुलेन्स नै तोडफोड गरिएको छ ।
चालक ठाकुरप्रसाद न्यौपानेले भने, ‘म रसुवाको कालिका गाउँपालिकाबाट ल्याएको बिरामी टिचिङमा छाडेर फर्किँदै थिएँ । प्रदर्शनकारीले एम्बुलेन्स तोडफोड मात्रै गरेनन्, मेरो मोबाइल पनि लुटे ।’
प्रदर्शनकारीले प्रहरीका दुई भ्यानमा आगजनी गरेका छन् भने एक प्रहरी अस्थायी बिट र दर्जन सार्वजनिक तथा निजी सवारीसाधन तोडफोड गरेका छन् ।