Skip This
प्रहरीको भ्यानमा आगजनी गर्ने चारजना पक्राउ, चक्रपथमा यातायात आवागमन ठप्प
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण १ सोमबार
  • Tuesday, 16 September, 2025
२o७९ फाल्गुण १ सोमबार २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीको भ्यानमा आगजनी गर्ने चारजना पक्राउ, चक्रपथमा यातायात आवागमन ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १ सोमबार २o:३५:oo

बालाजु क्षेत्रमा प्रहरीको भ्यानमाथि आगजनी गर्ने र सवारी आवागन अवरोध पुर्‍याउने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

ढुंगामुढा र आगजनीमा संलग्न अन्यको खोजीकार्य भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। 

रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रणमा लिन सवारी आवागमन ठप्प पारिएको छ। 

प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको अस्थायी बिट तोडफोड भएको छ भने दुईवटा भ्यान जलाइएको छ। घटनामा १० जना प्रहरी घाइते भएको प्रवक्ता श्रेष्ठको भनाइ छ। 

उनले प्रहरीले बल प्रयोग नगरेकोले प्रदर्शनकारीहरू घाइते नभएको बताए। प्रदर्शनकारीको ढुंगामुडाबाट एक दर्जन बस तथा निजी सवारीसाधनमा क्षति पुगेको छ। 

यता, मजदुर संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरी र ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीको आक्रमणबाट एक दर्जन मजदुर घाइते भएको उल्लेख छ।