१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १ सोमबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनादिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा पृतनापति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १ सोमबार २o:oo:oo

नेपाली सैनिक हेडक्वार्टर जङ्गी अड्डामा सोमबारदेखि सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठक सम्पन भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्थालगायतका विषयमा गहन छलफल भएको सेनाले जनाएको छ । 

हरेक वर्ष सेनादिवसको पूर्वसन्ध्यामा हुने गरेको पृतनापति समन्वय बैठकको यो निरन्तरता हो ।  

आठजना पृतनापतिहरूले प्रधान सेनापति समक्ष गरेको कमान्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सेनाको भिजन २०३० कार्यान्वयन अवस्था, सञ्चालित विभिन्न तालिमहरूको प्रभावकारीता, पृतना पुनस्र्थापनापछिको कमान्ड कन्ट्रोल र समन्वयका विषयमा छलफल भएको थियो । 

गत भदौमा भएको कमान्ड सेनापति समन्वयात्मक बैठकका माइन्युटमा भएका विषयहरूको प्रगतिका विषयमा पनि छलफल भएको सेनाले जनाएको छ । 

समापनमा प्रधान सेनापति प्रभुराम शर्माले आगामी कार्यहरू थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन पृतनापति समन्वयात्मक बैठक सिद्ध हुने बताए । आगामी दिनमा पृतनापतिहरुले बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाइसम्म प्रभावकारीरुपमा कार्यान्वयनमा लैजान सहभागीहरुलाई प्रधानसनापतिले निर्देशन दिए । 

प्रधान सेनापतिले पृतनापतिहरुलाई आफ्ना सम्बद्ध निकायहरुसँग प्रभावकारी समन्वय राख्न तथा निर्धारित समयमा सबै जिम्मेबारी स्तरीयरुपमा पुरा गर्न निर्देशन दिएका छन् । पृतनापतिहरुले पृतना पुनस्र्थापना गर्ने सरकारी निर्णय सकारात्मक भएको र उद्देश्य प्राप्तिमा सहयोगी रहेको अनुभव सुनाएका थिए । 

बैठकको शुरुवात आइतवार रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गरेका थिए । सोमवार भएको छलफलमा आठवटै पृतनाका पृतनापति लगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिहरु सहभागी थिए । 

‘समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुहरुमाथि भएको गहन छलफल तथा अन्तर्क्रिरयाबाट प्राप्त भएका राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देशन गर्ने विश्वास नेपाली सेनाले लिएको छ’ सेनाले भनेको छ ।